२४ घण्टामा १५१३ संक्रमित, १० जनाको मृत्यु

काठामडौं, १३ असोज । नेपालमा बितेको २४ घण्टामा थप थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन् भने, हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । सरकारी तथ्यांक अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

यो अवधिमा १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभरि २०,३९६ जनामा सक्रिय संक्रमित छन् । तीमध्ये १०,७०७ जना घरमा र अन्य संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.६ प्रतिशत हो। गम्भीर लक्षण भएका २१३ सङ्क्रमित सघन उपचारमा र ३४ जना भेन्टिलेटरमा रहेका छन् ।

थप १० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । मन्त्रालयले मङ्गलवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरे अनुसार नेपालमा अहिलेसम्म ४९१ सङ्क्रमितको मृत्यु भएको छ ।

आज काठमाडौंमा मात्रै ७४७ संक्रमित
देशभर १५१३ जना संक्रमित थपिँदा काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर कोरोनाभाइरस निको हुनेको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो । यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board