आजदेखि नियमित उडान: अब होला त विदेशबाट अलपत्र श्रमिकलाई ल्याउन सहज ?

काठमाडौं, १५ असोज । सरकारले आजदेखि नियमित उडान थप गरेको छ । विदेशबाट अलपत्र श्रमिकलाई ल्याउन उडान थप गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । प्राधिकरणले अक्टोबर १ देखि २४ तारिखसम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरेको छ । २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन् ।

नेपाल एयरलाइन्सले सातामा हङकङबाट दुई वटा, दोहाबाट सातवटा, क्वालालाम्पुरबाट छ वटा, दुबईबाट सात वटा, नारिताबाट दुई वटा र ग्वान्जाउबाट एउटा उडान गर्नेछ । हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट हरेक साता ७–७ वटा उडान भर्ने छ । फ्लाई दुबई र हिमालयन एयरलाइन्सले यी तीनवटै ठाउँबाट हरेक दिन उडान गर्नेछन् । यसैगरी हिमालयनले क्वालालाम्पुरबाट साताको पाँच दिन पाँचवटा उडान भर्ने भएको छ । उसले चीनको चङकिङबाट साताको एउटा उडान गर्ने छ ।

फ्लाई दुबईले दुबईबाट साताको सातवटा उडान भर्नेछ । कुवेतबाट जजिरा एयरलाइन्सले साताको सातवटा उडान भर्नेछ । कोरियन एयरले सोलबाट साताको चार दिन चारवटा उडान, एयर अरेबियाले शारजहाँबाट साताको सात वटा उडान भर्नेछ । एयर चाइना हरेक शनिबार चीनको छेङ्दुबाट र चाइना साउदर्न शुक्रबार गोन्जाउबाट नेपाल आउने छ ।

मलेसियन एयरलाइन्सले क्वालालाम्पुरबाट साताको चार दिन, मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको ६ दिन सातवटा उडान गर्ने छ । कतार एयरवेजले सातामा दोहाबाट सातवटा, सलाम एयरले मस्कटबाट पा“चवटा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट तीनवटा उडान गर्ने तालिका सार्वजनिक भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board