२४ घण्टामा १९११ संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, १५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना भाईरसका संक्रण देखिएको छ । २४ घण्टामा मात्रै १ हजार ९११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ७९ हजार रहेको सरकारी तथ्यांकले देखाउँछ । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ ।

मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ । यस्तै देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् ।

थप ११ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

उपत्यकामा थप ९४३ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ९ सय ४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय १७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनासहित उपत्यकामा ९ सय ४३ जनामा कोरोना संक्रमण भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board