भारतमा कोरोनाबाट झण्डै एकलाख मानिसको मृत्यु : ६३ लाख ९१ हजारभन्दा बढी संक्रमित

काठमाडौं, १६ असोज । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शुक्रबार विहान सम्म मृतक संख्या ९९ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शुक्रबार ८१ हजार ६९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६३ लाख ९१ हजार ९६० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ४८ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ५०३ जनाको उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board