सिलाइकटाइप्रति महिलाहरुको बढ्दो आकर्षण

कालीकोट, १६ असोज । पछिल्लो समय महिलाहरु सिलाइकटाइमा व्यस्त देखिन्छन् । सदरमुकाम मान्म बजारको जिरोप्वाइन्टदेखि प्रतिमाचोकसम्मका महिलाहरु दिनभरि सिलाइकटाई व्यवसायमा लागिरहेका छन् । कोही सिकाउने गर्छन् भने कोही सीप सिक्ने तयारीमा छन् ।

थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि महिलाहरु सिलाइकटाइ व्यवसायप्रति आकर्षित भएका हुन् । सिलाइकटाइ व्यवसाय गरी घरपरिवार पाल्न र आफूलाई चाहिने खर्चको जोहो गर्न सजिलो भएको सान्नी त्रिवेणी गाउँपालिका ६ की कोइला सन्ज्यालले बताए । सन्ज्याल मात्र हैन रास्कोट नगरपालिका वडा नं १ निवासी नौरता शाही पनि सीप सिकाउँदै र सिक्दै आएका छन् । उनले भने, “सिलाइकटाइ व्यवसाय गरे राम्रो आम्दानी हुन्छ, तालीम लिनका लागि आउनेहरुको सङ्ख्या जिल्लामा झन्झन् बढ्दै गएको छ । ”

सिलाइकटाइ व्यवसाय सिक्नेहरुको सङ्ख्या बढ्दै गएपछि सिकाउनेहरुलाई पनि फाइदा पुगेको छ । सुर्खेत जिल्लामा जन्मथलो भएकी ज्योति खत्रीले कालीकोटलाई कर्मथलो बनाएर सिलाइकटाई व्यवसाय सिकाउँदै आएका छन । उनी भन्छिन्, “अहिलेसम्म एक हजार भन्दा बढीलाई सिलाइकटाइ व्यवसाय सिकाउने मौका पाएकी छु ।”

निजीस्तरमा खुलेका तालीम केन्द्रमा करीब १० महिलाले सिलाइकटाइको तालीम लिइरहेका छन् । सरकारीस्तरमा खुल्ने तालीमको अवसर प्रायःजसो कमै छ । सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरेको छ । हाल ज्योति एण्ड टीका सिलाइकटाइ प्रशिक्षण केन्द्रलाई सादा नेपाल र सान्नी त्रिवेणी गाउँपालिकाले औजार उपकरणका लागि सहयोग गरी सिलाइकटाइ तालीम सञ्चालन भइरहेको छ । एक महिनाको तालीममा सीप सिकेर गाउँमै व्यवसाय सञ्चालन गरिने महिलाहरु बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board