संक्रमणको ग्राफमाः नेपाल चिनभन्दा अगाडी !

काठमाडौं, १८ असोज । नेपालमा बितेको २४ घण्टामा थप २२५३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६४ हजार ६९ जना रहेको छ ।

अहिले देशभरि २२,२१९ जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ११,८९३ जना घरमा र अरू संस्थागत आइसोलेशनमा छन्। वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या अहिले अन्यत्रको भन्दा बढी छ। काठमाण्डू उपत्यकामा देशभरि भएका सङ्क्रमितमध्ये आधाजति छन्। विगत २४ घण्टामा १२,७८४ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

थप ७ जनाको निधन
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको निधन भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ५३५ जना रहेको सरकारी तथ्यांमा उल्लेख छ ।

उपत्यमामा मात्रै १५९९ जना संक्रमित
पछिल्लो २४ घण्टामा १५९९ जना काठमाडौं उपत्यकामा कोरोना भाईरसका संक्रमित देखा परेका छन् । जसमा काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल चिनभन्दा नेपाली अगाडी
नेपालमा कोरोना संक्रमितको संख्या दर दिनदिनै बढिरहेको छ । कोरोना संक्रमणको ग्राफमा नेपाल चिनभन्दा अगाडी देखिएको छ । चिनमा अहिलेसम्म संक्रमितको संख्या ८५ हजार ४५० रहेको छ भने नेपालमा हालसम्म ८६ हजार ८२३ पुगेको सरकारी तथ्यांमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board