बाजुराका एकै परिवारका ५ जना ४ दिनदेखि अज्ञात

कैलाली, १९ असोज । शुक्रबारदेखि बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा एक परिवारका ५ जना अझै भेटिएका छन् । प्रहरीले जनाए अनुसार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

प्रहरीका अनुसार कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन् सिंह ठगुन्नाका अनुसार छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएको हो । घटना भएलगत्तै प्रहरी निरीक्षक ठगुन्नासहितको टोली खोजी कार्य रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । तर, ४ दिनसम्म पनि अवस्था अज्ञात रहेको उनले प्रहरीले जनाएको छ ।

कवाडी नदी र कर्णाली नदीको दुरी २०० मिटर मात्रै छ । कवाडी नदीबाट बगेर कर्णाली नदीमा गएको हुन सक्ने उनले बताए । ‘हामीले धेरै ठाउँमा खोजी गरिसकेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कतै कोही भेटिएका छैनन् ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board