नेकपा सचिवालय बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने

काठमाडौं, १९ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक मङ्गलबार बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डबीच सोमबार पनि छलफल भएको थियो । मङ्गलबार बस्ने बैठकमा पार्टी एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board