अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी,२० असोज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए ।

स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उहाँका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना सङ्क्रमित भएको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board