न्यायाधीशलाई कोरोना पुष्टि भएपछि बामदेवको सुनुवाइ अन्योलमा

काठमाडौं, २१ असोज । बर्दियाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका वामदेव गौतम राष्ट्रियसभा सदस्य भएपछि सुरु भएको विवाद संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको छ । गत शुक्रबारदेखि हेर्दाहेर्दै रहेको मुद्दाको अर्को पेशी आजलाई तय गरिएको थियो । तर सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएपछि सुनुवाइ अन्योलमा परेको छ ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा छन् । गत बुधबारबाट सुरु भएको गौतमको सांसद पदसम्वन्धी विवादमा पहिलो दिन रिट निवेदन पक्षका कानुन व्यवसायी र महान्यायाधीवक्ताले बहस गरेका थिए । दोस्रो सुनुवाइमा सरकारी वकिलले आफ्नो बहस सक्दै गौतम पक्षका कानुन व्यवसायीले बहस सुरु गरेका थिए । गौतमका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहस गरेका थिए ।

गौतमका केही कानुन व्यवसायीको बहस बाँकी नै भएकाले हेर्दाहेर्दै राखिएको थियो । तर हेर्दाहेर्दैको मुद्दाको सुनुवाइको मिति नआउँदै फुलकोर्टको बैठकमा बसेका एक न्यायाधीशलाई कोरोना देखिएपछि आइतबारदेखि सर्वोच्चको सुनुवाइ प्रभावित भएको छ । संवैधानिक इजलाशकै एक न्यायाधीशकी श्रीमतीमा कोरोना पुष्टि भएकाले उहा फेरि क्वारेन्टाइनमा छन् । संवैधानिक इजलाशका सबै सदस्यहरु उपस्थित हुन नसक्ने भएपछि गौतमको मुद्दा सुनुवाइ नहुने देखिन्छ । आज सुनुवाइ हुन नसके सुनुवाइ कम्तिमा एक साता पर धकेलिनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board