काठमाडौं, २२ असोज । ७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा राजधानीबाट ४३ वर्षीय पुरूष पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका—४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक रहेका छन् ।
बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए। स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको प्रहरीको भनाई छ ।
बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए। ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरको भनाई छ । एसपी राठौरले भने,बालिकालाई मेडिकल गर्न पठाइएको छ। त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ।
COMMENTS