कैलालीमा आफ्नै बुवाले ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप

कैलाली, २२ असोज । कैलालीमा ११ वर्षीया बालिकालाई आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको गोदावरीमा ११ वर्षीया बालिकालाई उनकै बाबुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार शनिबार राति ४५ वर्षीय बाबुले ११ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै जाहेरी आएको बताए ।

पीडित पक्षले १९ गते जाहेरी दिएको र त्यसै दिन मुद्दा दर्ता गरिएको उनले बताए । शनिबार राति बलात्कार गरेको आरोप लागेका बुवा आइतबार फरार रहेकोले अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board