अर्णब गोस्वामीको रिपब्लिक सहित तीन टेलिभिजनले टीआरपी हेरफेर गरेको आरोपमा छानबीन सुरु

काठमाडौं, २२ असोज । भारतका तीनवटा टेलिभिजन च्यानलमाथि टेलिभिजन रेटिंग प्वाइन्ट्स (टीआरपी) हेरफेर गरेको आरोपमा छानबीन सुरु भएको छ ।

मुम्बई प्रहरीका अनुसार तीन वटा टेलिभिजनमा अर्णब गोस्वामी कार्यक्रम प्रस्तोता रहेका रिपब्लिक टेलिभिजन पनि एक हुन ।
भारतीय सञ्चारमाध्यमहरुले मुम्बई प्रहरीका कमीश्नर परमबीर सिंहलाई उद्धृत गर्दै रिपब्लिक टीभी, फक्त मराठी र बक्स सिनेमामाथि उक्त आरोपमा छानबीन भइरहेको उल्लेख गरेको छ । कुन टेलिभिजन च्यानलको कार्यक्रम कति लोकप्रिय हो र कति दर्शकले हेर्छन् टीआरपीले निर्धारण गर्छ । कमीश्नर सिंहले उक्त रैकेटमा हंस नामक एक संगठनले सघाएको पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिए ।

टीआरपी हेरफेर गर्न मुम्बईभित्र करिब दुई हजार ब्यारोमिटर जडान गरी प्रयोगमा ल्याइएको थियो । “केही व्यक्ति घरैपिच्छे पुगेर उक्त टेलिभिजन च्यानल हेर्न आग्रह गर्दै टेलिभिजन हेरे बापत् मासिक रुपमा रुपियाँ उपलब्ध गराउँदै आएका थिए ।”– उच्च प्रहरी अधिकृत सिंहले बताएका छन् । प्रत्येक घरपरिवारले टेलिभिजन हेरे बापत् मासिक चार देखि पाँच सय रुपियाँ पाउँदै आएका छन् ।
टेलिभिजन हेरे बापत् रुपियाँ पाएको घरपरिवारले प्रहरी समक्ष समेत स्वीकार गरेका छन् । दुईटै मराठी च्यानलका सञ्चालकलाई पक्राउ गरिएको छ । रिपब्लिक टीभीका सञ्चालक तथा निर्देशकलाई छिट्टै प्रहरी समक्ष बोलाइने सिंहले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board