नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज २०५९ जना थपिए

काठमाडौं, २३ असोज । नेपालमा बितेको २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको सरकारी तथ्यांमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् । गौतमका अनुसार विगत २४ घण्टामा १,६८० जना रोगमुक्त भएका छन्।

उपत्यकामा थप १ हजार ४०९ जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेको संख्या ६०० पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६०० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board