धरानमा ७० वर्षीय वृद्धको निधन

धरान, २६ असोज । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो ।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए ।

बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा आज सङ्क्रमण पुष्टि भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board