काठमाडौँ उपत्यकामा मात्रै थपिए २ हजार १२९ जना कोरोना संक्रमित

काठमाडौं,२७ असोज । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै देशभरमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । प्रवक्ता गौतमका अनुसार उनीहरुमध्ये ६६३ जनाको मृत्यु भएको छ भने ७८ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ५०३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर ३५ हजार ९१५ संक्रिय संक्रमित छन् ।

थप १८ जनाको मृत्यु

नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ६६३ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board