भारतमा ७२ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौ, २८ असोज । भारतमा थप ६३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ५१७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् । ८ लाख २७ हजार ८६० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७२३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board