२ हजार ६३८ जना संक्रमित, थप १२ जनाको मृत्यु

काठमाडौं, २८ असोज । नेपालमा पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख १७ हजार नौ सय ९६ पुगेको छ। तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

उपत्यकामा थप १४०३ जना संक्रमित
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जनामा संक्रमण पुष्टि भएउको छ । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

थप १२ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टाको अवधिमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ६७५ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्यांकामा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board