बागलुङमा सेना २०, प्रहरी १४ सहित ५१ जनामा कोरोना

बागलुङ, २९ असोज । गण्डकी प्रदेशमा थप ९७ जना कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार ६ जना महिला सहित ५१ जना बागलुङ जिल्लाका रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२८४ पुगेको हो । अध्यावधिक विविरण अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा बागलुङ जिल्लाको काठेखोला गाउपालिकाका २ पुरुष, तमानखोला गाउपालिका २ महिला र २ पुरुष, बागलुङ नगरपालिकाका ४जना महिला सहित ४१ जना पुरुष रहेका छन् । संक्रमित पुरुषहरु मध्ये नेपाली सेनाका २० जना र नेपाल प्रहरीका १४ जना रहेका छन् । संक्रमितहरु मध्य केहि कर्मचारी रहेको पनि बागलुङ नगरपालिकाका जन स्वास्थ्य निरिक्षक राम प्रसाद खनालले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board