राजधानीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ जना घाइते

काठमाडौं, २९ असोज । नयाँ बजारस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ जना घाईते भएका छन् । नयाँ बजारको फलफूल चोकस्थित एक घरभित्र ग्याँस सिलिण्डर हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठोरका अनुसार बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको र घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घट्नाको थप विवरण आउन बाँकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board