काठमाडौंमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं, २९ असोज । काठमाडौंमा एक बैंकका गार्डमाथि खुकुरी प्रहार भएको छ । मध्य बानेश्वरस्थित ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएका छन् । प्रहरीले अहिले उनको खोजी गरिरहेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए अनुसार सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएका छन् ।

उनको हातमा चोट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको प्रहरले जनाएको छ । प्रहरीका अनुसार सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्रहार गरे र उक्त खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board