धरानमा थप चार जना कोरोना संक्रमितको मृत्यु

धरान, ३ कात्तिक । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानमा थप चार जनाको मृत्यु भएको छ ।

धरानका तीनै जना संक्रमितको घरमै मृत्यु भएको वडा सदस्य सावित्री परियारले जानकारी दिएकी छिन् । धरानको वडा नम्बर–८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो । सावित्री परियारका अुसार प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दी गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थियो । उनलाई घर ल्याएको केही समयपछि नै मृत्यु भएको थियो ।

यस्तै धरान ८ को एघारघरेमा आज बिहान एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ । धरान ८ कै वडा सदस्य राम मगरका अनुसार मृतक मृगौलाका विरामी थिए । उनको डाइलाइसिस गरिरहेको पनि उनले जानकारी दिए ।

त्यसैगरी हिजो आइतबार साँझ सवा ७ बजे धरान १९ की ७० बर्षीया वृद्धाको पनि होम आइसोलेसनमा नै मृत्यु भएको छ । उनको एक साताअघि पुनः पिसिआर परिक्षण गरिए पनि रिपोर्ट पोजेटिभ आएपछि थप होम आइसोलेसनमा बसेको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।

इटहरीका संक्रमितको विपी प्रतिष्ठानमा मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा इटहरी २० का ७८ बर्षीय पुरुष छन् । उनको आज बिहान ३ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको र उनीलाई एनेमियालगायत दीर्घ रोगी समेत रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका ती विरामीलाई कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board