देशभर सक्रिय संक्रमित संख्या ४० हजार नाघ्यो

काठमाडौं, ३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

सक्रिय संक्रमित ४० हजार नाघ्यो
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको हो । सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको स्वास्थय मन्त्रालयको तथ्यांमा उल्लेख छ ।

२४ घण्टामा २,३३५ जना निको
पछिल्लो २४ घण्टामा २,३३५ जना कोरोनाबाट निको भएका छन् । यस्तै हालसम्म निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

उपत्यकामा थप २३८८ जना संक्रमित
पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा मात्रै २३८८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका २००८ जना, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।

कोरोनाबाट थप १८ जनाको मृत्यु
नेपालमा २४ घण्टाभित्र कोरोना भाईरस संक्रमणबाट थप १८ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board