३ हजार ९३ जना संक्रमित, थप ८ को मृत्यु


काठमाडौं, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थय मन्त्रालयले जनाएको छ । यो अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको हो।

उपत्यकामा १७०२ जना संक्रमित
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाडौंका १ हजार ४ सय ३१ जना, भक्तपुरका १४८ जना र ललितपुरका १२३ सय जना छन् । उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

थप ८ जनाको मृत्यु
नेपालमो बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको सरकारी तथ्यांमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board