ट्रम्पलाई चुनावको मुखमा अर्को झट्का, बलात्कारको मुद्दा अघि बढ्ने

काठमाडौं, १२ कात्तिक । अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झट्का लागेको छ । राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा न्याय विभाग असफल भएपछि उनीमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको हो ।

एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरिदिएका छन् । कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन् । कारोलको आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले संघीय अदालतमा बचाउका लागि मुद्दा हालेको थियो ।

तर संघीय अदालतले त्यसलाई खारेज गरिदिएपछि ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको छ । ट्रम्पले सन् १९९० को दशकमा म्यानहटनको एक डिपार्टमेन्ट स्टोरमा आफूमाथि यौन दुर्व्यवहार गरेको कारोलको आरोप छ । उनले राष्ट्रपति ट्रम्पले आफ्नो मानहानी गरेको समेत मुद्दामा उल्लेख गरेकी छन् । ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।
अमेरिकी न्याय विभागले ट्रम्पको सट्टा आफैंले मानहानीको मुद्दा दायर गरेको थियो । जसलाई लिएर न्याय विभागको समेत आलोचना भइरहेको छ ।

तर म्यानहटनको संघीय जिल्ला अदालतका न्यायाधीश लेविस काप्लानले कानून अनुसार अमेरिकी राष्ट्रपति कर्मचारी नभएको भन्दै मुद्दा खारेज गरिदिएका हुन् । सन् २०१९ को नोभेम्बरमा ट्रम्पका व्यक्तिगत वकिल मार्क कासोविट्जले न्यूयोर्क स्टेट कोर्टमा मुद्दा दायर गरेका थिए । तर न्याय विभागले संघीय अदालतमा सो मुद्दालाई ल्याएर राज्यकै पक्षबाट ट्रम्पको बचाउमा लागेको थियो । अब सो मुद्दा खारेज भएपछि ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको हो । एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board