फ्रान्सेली सामान बहिष्कारको माग गर्दै बंगलादेशमा प्रदर्शन

काठमाडौं, १२ कात्तिक । फ्रान्सेली सामान बहिष्कारको माग गर्दै बंगलादेशको राजधानी सहर ढाकामा मंगलबार हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् । फ्रान्सले इस्लामिक अतिवादविरुद्ध लिएको कडा नीतिको विरोधमा बंगलादेशमा उक्त प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँको पुत्ला जलाएका थिए । बुधबार ढाकास्थित फ्रान्सेली दूतावासमा प्रदर्शन गर्न गएका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो । बंगलादेशमा मंगलबार भएको प्रदर्शनमा करिब ४० हजार मानिसहरु सहभागी थिए । यो प्रदर्शन इस्लामी आन्दोलन बंगलादेशले गरेको बंगलादेशको प्रहरीको भनाई छ ।

म्याक्रोँले फ्रान्सेली पत्रिका शार्ली हेब्दोमा छापिएको पैगम्बर मोहम्मदमाथि छापिएको कार्टुनको समर्थन गरेका थिए । जसको कारण इस्लामिक राष्ट्रमा फ्रान्सविरुद्ध प्रदर्शन भइरहेको हो । नोभेम्बरको सुरुमा पैगम्बर मोहम्मदमाथि बनेको कार्टुनको विषयलाई लिएर एक शिक्षकको हत्या भएको थियो । उनै शिक्षकलाई श्रद्धाञ्जली दिने क्रममा म्याक्रोँले कार्टुनको विषयमा नझुक्ने बताएका थिए ।

यसै विषयलाई लिएर इस्लामिक ममुलुकहरु फ्रान्सप्रति असन्तुष्ट बनेका छन् । सोमबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले फ्रान्सेली सामान बहिष्कारको अपिल गरेका थिए । बीबीसी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board