महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ?

काठमाडौं, १७ कात्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे पर्सी बुधबार नेपाल आउने तय भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासंग भारतीय स्थलसेनाध्यक्ष नरावणे भेटवार्ता गर्ने भएका छन् ।

नरावणेको नेपाल भ्रमणले सम्बन्धलाई सुमधुर बनाउने विश्वास गरिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरासंग जोडिएर आएको प्रश्नसंगै नेपाल र भारतबीच देखिएको संवादहीनताको अन्त्य हुने अपेक्षा गरिएको छ । नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ ।

सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल भारतबीच पछिल्लो समय देखिएको संवादहीनता अन्त्य गर्न सकिने तर्क गरिएको छ । यसअघि पनि भारतले अघोषित नाकाबन्दी गरेको बेला उत्पन्न समस्या समाधानका लागि सैनिक कूटनीति अवलम्बन गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board