चिनियाँ विदेश मन्त्रालयले भन्यो- नेपाली भूमि मिचिएको हल्ला आधारहीन

काठमाडौं, १८ कार्तिक । चीनले नेपालको कुनै पनि भूमि नमिचिएको चिनियाँ विदेश मन्त्रालयले दावी गरेको छ । ‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको’ मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले स्पष्ट पारेका छन् ।

चीनले नेपालको १५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै सोमबार द टेलिग्राफले समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको दाबी गरेको हो । चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।

पछिल्लो समय चीनले हुम्लामा नेपाली भूभाग मिचेको विभिन्न दाबी गरिएको छ । विपक्षी दल नेपाली कांग्रेसले स्थलगत अध्ययन गर्दा सीमा मिचिएको देखिएको भनी दावी गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board