माइतीघरमा नरवणे भ्रमणको विरोध प्रर्दशन

काठमाडौं, १९ कात्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा माईतिघरमा प्रर्दशन भएको छ । माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएर केही व्यक्तिले विरोधम प्रर्दशन गरेको हो ।

उनीहरुले नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्दै यो विषय आश्चर्यजनक भएको उनीहरुको भनाई छ । करिब तीन दर्जशन व्यक्तिहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन् । प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board