३ हजार ३०९ जना संक्रमित, थप ३० जनाको मृत्यु

काठमाडौं, १९ कात्तिक । नेपालमा बितेको २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको जानकारी दिएको छ । उनका अनुसार हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ ।

थप ३० जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।

उपत्यकामा थप १८७८ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जना संक्रमित भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board