अमेरिकी निर्वाचन: बाइडनले गरे जितेको दाबी, ह्वाइट हाउस जाने तयारीमा

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन बाइडन ह्वाइट हाउस जाने तयारीमा छन् । उनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेको बीबीसीले जनाएको छ ।

त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् । अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो एक ट्रान्जिसन टिम (संक्रमणकालीन टिम) गठन गर्ने गरिएको थियो ।

अहिलेसम्म अमेरिकामा राष्ट्रपतीय निर्वाचनको विजेताको घोषणा भएको छैन । तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरिरहेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुले उल्ल्ेख गरेको छ ।

‘अहिले मुलुकले महामारीदेखि आर्थिक गिरावटसम्म, जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका संकट सामना गरिरहेको छ र ट्रान्जिसन टिमले पूर्ण गतिका साथ आफ्नो तयारी गर्नेछ । जसको आधारमा बाइडन–ह्यारिस (बाइडनको उपराष्ट्रपति कमला ह्यारिस) प्रशासनले पहिलो दिनबाट नै काम सुरु गर्न सकोस् ।’ बाइडनले अहिले सार्वजनिक गरेको वेबसाइटमा लेखिएको छ, । बुधबार बाइडनले आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिका सामेल हुने घोषणा गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board