कोरोना संक्रममणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

सप्तरी, २० कात्तिक । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार अस्पतालले बुधबार उनको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र विराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासि बान्ता भएपछि बिपी कोइराला प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board