३ हजार ५१ जना संक्रमित, थप १८ जनाको मृत्यु

काठमाडौं, २०कात्तिक । नेपालमा बितेको २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्यकमा उल्लेख गरे अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको कुल १ लाख ८५ हजार ९७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १८ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको ज्यान गएको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको स्वास्थ्य मन्त्रालयेको तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थप १३९८ जना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६०१ महिला र ७९७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै काठमाडौं उपत्यकामध्ये काठमाडौंमा हालसम्म संक्रमितको संख्या ६८ हजार ४४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८५९ रहेको छ ।

भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ हजार ९१५ पुगेको छ भने ललितपुरमा कुल ९ हजार ६६३ संक्रमितमध्ये ७ हजार ३२२ जना निको भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board