भारतीय सेना प्रमुख र प्रधानमन्त्री ओलीबीच आज विशेष संवाद हुने

काठमाडौं, २१ कात्तिक । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री अ‍ोली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ ।

नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् । उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ । अहिले माउन्टेल फ्लाइटका लागि नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेका नरवणे हिमालको अवलोकन गरेर फर्केर शिवपुरीस्थित सैनिक स्टाफ कलेज जाने बताईएको छ । त्यहाँ सैनिकलाई सम्बोधन गर्नुको साथै त्यहाँबाट खाना खाएर काठमाडौं फर्कि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नेछ ।

भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ । उनी दिल्लीबाट विशेष गाइडलाइनका साथ नेपाल आएका हुन् । प्रधानमन्त्री ओलीसाग कुराकानी गरेर दिल्ली फर्केपछि नेपालमा भएका कुराकानीलाई ब्रिफ गर्ने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board