बाबुरामले लेखे- दालमा कालो छ है सबैले प्रतिवाद गरौं !

काठमाडौं, २१ कात्तिक । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले लेखेका छन्, ‘संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो। सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार !’

सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेकोमा डा. भट्टराईले आपत्ति जनाएका हुन् । यस्तो निर्णय गर्नुमा उनले केही आशंका समेत गरेका छन् । डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘यो स्वीकार्य छैन । दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ।’

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो ।

कानून मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ । त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख छ । सरकारको यस्तो निर्णयप्रति चौतर्फि विरोध हुन थालेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board