नेपाल-भारतबीचको विवादलाई संवादमार्फत समाधान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २१ कात्तिक । नेपाल र भारतबीच देखिएको समस्यालाई संवादमार्फत समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा आएका भारतीय सेनाअध्यक्ष मनोज मुकन्द नरवणेसँगको भेटवार्तामा सो आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीका नीजि सचिवालय सदस्य रामशरण बजगाँईका अअनुसार प्रधानमन्त्री ओलीले उक्त भेटवार्ताका क्रममा नेपाल र भारतका बीचमा सदियौंं पुरानो विशिष्ठ सम्बन्ध रहेको धारणा राखेका छन् । दुई देशका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेट गरेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेट भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई जनाबीच शिष्टाचार भेट भएको हो । उक्त भेटवार्तामा नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए । तीन दिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे । उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सेनाध्यक्ष नरवणे बुधबार नेपाल आइपुगेका हुन्। नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न उनी नेपाल आएका हुन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन्। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board