काठमाडौं उपत्यकामा थपिए १५१२ जना कोरोना संक्रमित

काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५१२ जना कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १५१२ संक्रमित थपिएका छन्, जसमध्ये १२९४ काठमाडौं, १४१ ललितपुर र ७७ जना भक्तपुरका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा ६२५ महिला र ८८७ पुरुष रहेका छन् ।

बितेको २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ पुगेको छ । मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमितमध्ये २८ हजार ९२० जना होम आइसोलेशनमा रहेका छन् भने बाँकी विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । यस्तै हाल देशभर ३६५ जना आईसीयू र ७६ जना भेन्टिलेटरमा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board