पूर्व अमेरिकी राष्ट्रपति ओबामाले दिए बाइडेनलाई बधाई

अमेरिका, २३ कात्तिक । अमेरिकी राष्ट्रपतिको चुनावबाट आवश्यक इलेक्टोरल कलेज मत सुरक्षित गरिसकेका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुनेभएपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले बधाई दिएका छन् । बाइडेनले ओबामा कार्यकालमा उपराष्ट्रपतिका रुपमा काम गरेका थिए ।

ओबामाले आगामी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।

जर्जिया र अलास्काको अन्तिम परिणाम आउन बाँकी छँदै बाइडेनले नेभाडा र पेन्सिलभेनिया जितेर २९० इलेक्टोरल कलेज मत सुरक्षित गर्दै ह्वाइटहाउसको यात्रा सुनिश्चित गरेका हुन् ।

यो सँगै  कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुने भएकी छिन् । साथै कमला पहिलो अश्वेत र दक्षिण एसियाली मुलकी महिला उपराष्ट्रपति समेत हुने भएकी छिन् ।

अब आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई औपचारिक रुपमा निर्वाचित गर्नेछन् । कम्तीमा २७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदबार नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ ।

प्रतिबद्ध इलेक्टरहरुले आगामी डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्ने प्रावधान रहेको छ । सन् २०२१ जनवरी ६ मा संसदले इलेक्टोरल मतहरु एकीकृत गरेर अमेरिकी राष्ट्रपतिको घोषणा गर्नेछ । त्यसपछि सन् २०२१ को जनवरी २० मा अमेरिकी राष्ट्रपतिले सपथ ग्रहण गर्नेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board