सुडानमा खटिएको नेपाली शान्ति सेनाको टोली परिवर्तन

काठमाडौं २३ कात्तिक । दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाको टोली परिवर्तन भएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली परिवर्तन गरिएको हो ।

हाल दक्षिण सुडानमा खटिएको तारादल गण छैटौं डफ्फाको टोलीलाई बदली गर्नका लागि गोरख बहादुर गण सातौं डफ्फाको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रमुख सेनानी सुशील प्याकुरेलले २१३ जनाको सो टोलीको नेतृत्व गरेको छ ।

गोरख बहादुर गण शान्ति सेना सातौं डफ्फाका सदस्य ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार यो टोली पुगेपछि दक्षिण सुडानबाट सेनानी दीपक अर्यालको कमाण्डमा रहेको २११ जनाको टोली यही कात्तिक २४ गते बिहान नेपाल आइपुग्नेछ । कोरोनाका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता पालना गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board