बन्दै छ सार्वजनिकस्थलमा हात धुने अड्डा

अमरगढी, २३ कात्तिक । डडेल्धुराको एक गैरसरकारी संस्थाले सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न लागेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन यहाँका १३ सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुरा जनाएको छ ।

अहिले कार्यालयलगायत संघसंस्था आफैँले पनि कार्यालय बाहिर हात अनिवार्य धुने व्यवस्था गरेका छन् । सार्वजनिकस्थल र केही सरकारी कार्यालय बाहिर भने रुडुकले हात धुने अड्डा बनाउन लागेको हो । खुट्टाले च्याप्दा पानी आउने अड्डा बनाउन लागिएको रुडुकले जनायो । जिल्ला प्रशासन, नापी र मालपोत कार्यालय, डडेल्धुरा बसपार्क, डडेल्धुरा अस्पताल, उग्रतारा मन्दिर, महेन्द्र माविमा पाँच सय लिटरको ट्यांकी राखिने छ । यस्तै गन्याधुरा गाउँपालिका र परशुराम नगरपालिकाका दुईदुई स्थान र नवदुर्गा गाउँपालिकाको एक स्थानमा हात धुने अड्डा बनाइने छ ।

बसपार्क, नापी र मालपोत कार्यालयलगायत स्थानमा भने हात धुने अड्डा बनाई सञ्चालनमा आएको छ । रुडुकद्वारा सञ्चालित स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रमअन्तर्गत हात धुने अड्डा बनाइएको कार्यक्रम संयोजक अनुप सिंहले बताउनुभयो । यसै कार्यक्रमअन्तर्गत रुडुकले एक हजार घरधुरीमा बाल्टिन र साबुन पनि वितरण गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board