२ हजार ८१७ जना संक्रमित, थप २१ जनाको मृत्यु

काठमाडौं, २३ कात्तिक । नेपालमा बितेको २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको सरकारी तथ्यांकमा उल्लेख छ । नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९४,४०० नाघेको छ। अहिले देशभरि ३५,४१९ सक्रिय सङ्क्रमित रहेको सरकारी तथ्याकमा उल्लेख छ ।

थप २१ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । अहिलेसम्म नेपालमा १,१०८सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा थप १५३३ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकमा बितेको २४ घण्टामा थप १५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board