ओलीको सन्देश लिएर प्रचण्डलाई भेट्न पुगे महासचिव पौडेल

काठमाडौं, २४ कात्तिक । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर पौडेल खुमलटार पुगेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका हुन् । सोही छलफलको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका हुन्।

पार्टीभित्र संकटमा परेका ओलीले आइतबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका चार नेतासँग छलफल गरेर आफूलाइ सहयोग गर्न र पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेका थिए। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको संघरामा रहेको बताएका छन् । उनले पार्टी संकटमा रहेकोले जोगाउन वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रहसमेत गरेका थिए ।

ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधव कुमार नेपालसँग आईतबार बालुवाटमार छलफल गर्नेक्रममा सहयोग मागेका हुन् । पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको भन्दै यस्तो अवस्था केही न केही गर्नुपर्ने नेपालपक्षका नेतासँग प्रधानमन्त्री ओलीले सहयोग मागेको एक नेताले बताए ।

नेता नेपालले विवादका विषयलाई पार्टी बैठक नै राखेर सल्टाउन जोड दिएका थिए। जवाफमा ओलीले आफू बैठक नराख्ने पक्षमा नभएको तर बैठकमा छलफल गर्ने विषयबारे पहिले टुङ्गो गर्नुपर्ने बताएका थिए।

प्रचण्ड सहितका पाँच नेताले शनिबार अध्यक्ष ओलीलाई भेटेर तत्काल पार्टीको बैठक बोलाउन लिखित पत्र बुझाएर दुई दिनभित्र पार्टी बैठक बोलाउन आग्रह गरेका थिए।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board