२५७१ जना संक्रमित, थप १८ जनाको मृत्यु

काठमाडौं, २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १ लाख ५९ हजार ७२४ जनाले कोरोना भाईरसलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्र १७९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ भने क्वारेन्टाइनमा ९६७ जना रहेका छन् ।

२४ घण्टामा थप १८ जनाको मृत्यु
नेपालका बितेको २४ घण्टामा १८ जना कोरोना संक्रमितको ज्यान गएको छ । यसैगरी नेपालमा हालसम्म कोरोनाबाट ११२६ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ । भने
देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् ।

उपत्यकामा थप १४२८ जना संक्रमित
बितेको २४ घण्टामा काठमाण्डूमा १,१३६ जनासहित उपत्यकामा २४ घण्टाको अवधिमा १,४२८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयको तथ्यांक अनुसार अहिले काठमाण्डूमा १५,९८२ जनासहित उपत्यकामा १९,३८४ सक्रिय सङ्क्रमित छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board