सरकारले कोरोना परीक्षण र उपचार निशुल्क गर्ने, खोप आपूर्ति गर्न समिति गठन

काठमाडौं, २५ कात्तिक । कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति सरकारले गठन गरेको छ। सरकारले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्ने बताईएको छ । एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समिति गठन गरेको हो । सरकारले खोप समयमै ल्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने पनि जनाएको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ। सरकारले कोरोना परीक्षण र उपचार पनि निःशुल्क गर्ने भएको छ ।सरकारले गत कात्तिक २ देखि कोरोना परीक्षण र उपचार खर्च विपन्नबाहेक अरू आफैंले ब्यहोर्नुपर्ने निर्णय गरेपछि चौतर्फि रुपमा सरकारको आलोचना भएको थियो ।
सर्वोच्चले सरकारलाई आदेश दिँदै उपचार र परीक्षण निःशुल्क गर्न भनेको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board