बन्दना राणा राष्ट्रसंघीय महिला समितिको उपाध्यक्ष निर्वाचित हुने पहिलो नेपाली

काठमाडौं, २५ कात्तिक । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा बन्दना राणा पुनः निर्वाचित भएकी छिन् ।

मानव अधिकार तथा महिला अधिकारको पक्षमा काम गर्दै आएकी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राणालाई बधाइ समेत दिएका छन् । न्यूयोर्कमा सोमबार भएको समितिको २१ औं बैठक अन्तर्गत भएको चुनावमा १ सय ३७ देशको मत पाएर राणा पुनः निर्वाचित भए संगै १९ उम्मेदवारमध्ये सर्वाधिक मत पाउनेको सूचीमा उनले तेस्रो स्थान प्राप्त गरेकी छिन् ।

सन् २०२१–२०२४ को कार्यकालका लागि निर्वाचित हुने ११ उम्मेदवारमध्ये राणा पनि थिए नेपालकी राणासंगै नेदरल्याण्डस, बहमास, लिथुवानिया, घाना, अस्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि सिटका लागि निर्वाचित भएका छन् । राणा हाल सिड कमिटीकी उपाध्यक्ष पनि कार्यरत छिन् । सिड कमिटीमा रहेर काम गर्ने राणा पहिलो नेपाली हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board