विकास आयोजनाको निरीक्षण गर्न राजधानी बाहिर जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली विकास योजनाको निरीक्षण गर्न राजधानी बाहिर जाँदैछन् । प्रधानमन्त्री ओली संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोलि किमाथाङ्का जाने तयारी भएको हो । प्रधानमन्त्री ओली किमाथाङ्कामा कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्ने बताईएको छ ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने गएका छैनन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य गजबले सुधार भएको केहि समय अघि एक कार्यक्रममा बताएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board