२४ घण्टामा २७३६ जना संक्रमित, थप २२ को मृत्यु

काठमाडौं २५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस ९कोभिड(१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

यो अवधिमा ८ सय ५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ६४ हजार २ सय १४ परीक्षण भएको छ । भने नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् । यस्तै १ हजार ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।

२४ घण्टामा २२ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

उपत्यकामा थप १४२० जना संक्रमित
काठमाडौं उपत्यकाामा बितेको २४ घण्टामा १४२० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board