कोरोनाले समस्यामा परेकाहरुलाई युनाइटेड किराँत राई अमेरिकाको आर्थिक सहयोग

काठमाडौं – युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले नेपालमा कोरोना भाईरस (कोभिड-१९) महामारीका कारण समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गरेको छ ।

हालै मात्र २ लाख २८ हजार ६ सय रुपैयाँ एबिसी न्युज टेलिभिजद्वारा संचालित (इन्द्रेणी कार्यक्रम)का संचालक कृष्ण कंडेललाई हस्तातरण गरिएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेकाहरुको लागि केहि टेवा पुगोस भन्ने उदेश्यले संस्थाले सहयोग गरेको अर्गनाइजेसनका महासचिव शेखर राईले जानकारी दिए । सो संस्थाले प्रवासमा रहेर पनि विभिन्न विभिन्न समस्यामा परेकाहरुलाई सहयोग तथा सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ ।

ईन्द्रेणी कार्यक्रममा सहयोग रकम हस्तानतरण गर्दै गायक तथा संगीतका कन्काईष्ट राई लगायत ।

उक्त सहयोग रकम अर्गनाइजेसनको प्रतीनिधित्व गर्दै गायक तथा संगीतकार कन्काईष्ट राईमार्फत ईन्द्रेणी कार्यक्रममा हस्तान्तरण गरिएको संस्थाको महासचिव शेखर राईले जानकारी दिए ।

सो संस्थाको पहलमा त्यहास्थित विभिन्न सहरहरुमा बसोबास गर्ने प्रवासी नेपालीहरुबाट सहयोग संकलन गरी नेपालमा पठाएको अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष मुना राइको भनाई छ ।

अर्गनाइजेसनका लोकल च्याप्टरहरु न्युहेम्पशायर, कनेक्टिकेट, म्यासाच्युसेट्स बोस्टन, न्यु योर्क वाशिंगटन डी सी, पेन्सिल भानिया, क्यालिफोर्निया, मेरील्याण्ड, भर्जिनिया, टेक्सास, कोलोराडो, नेब्रास्का, लगायतका राज्यमा बसोबास गर्ने नेपालीहरुबाट सहयोग रकम संकलन गरी नेपाल पठाईएको संस्थाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति