भत्ता नपाएपछि ७ डाक्टरले दिए राजीनामा

बुटवल, २७ कात्तिक । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् । उनीहरुले कोरोना जोखिम भत्ता नपाएपछि राजीनामा दिएका हुन् ।

अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको छ । तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा बताईएको छ ।

एक मेडिकल अधिकृतले लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको गुनासो गरे । मेडिकल अधिकृतले काम छाडेपछि आईसीयूको उपचार सेवा सेवा प्रभावित भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले तिहारलगत्तै जोखिम भत्ता दिने अस्पतालले प्रतिबद्धता जनाएपनि मेडिकल अधिकृत काममा नफर्किँदा सेवा प्रभावित भएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board