काठमाडौं, २७ कात्तिक । नेपालमा बितेको २४ घन्टामा थप १९ सय १३ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ ।
यो अवधिमा देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । यस्तै सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । हालसम्म १,६४,५९२ जना निको भएका छन् ।
थप १५ जनाको मृत्यु
बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप १५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
COMMENTS